वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्री लालिगुराँस सहकारी १८ औं वर्षमा, पौने ४ अर्व कारोबार

अर्थटुडे
२०७२ आश्विन १५, शुक्रबार

काठमाडौं । पुल्चोक स्थित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी विहिबारबाट १८ वर्षमा प्रवेश गरेको छ । २०५६ साल भदौ १८ गते दर्ता भई असोज १५ गतेबाट कारोबार सुरु गरेको थियो । यस अवधिसम्म संस्थाको कारोबार ३ अर्ब ७८ करोड ८१ लाख पुगेको छ ।

lali
गत आर्थिक वर्षसम्ममा संस्थाले ३ अर्ब २३ करोड ७७ लाख निक्षेप संकलन गरी २ अर्ब २६ करोड ५१ लाख कर्जा लगानी गरेको छ । हाल संस्थाको सेयर पुँजी २८ करोड २३ लाख ४४ हजार रहेको संस्थाले गत आवमा ५ करोड ९६ लाख खुद नाफा गरेको छ भने सरकारलाई ३ करोड ६८ लाख भन्दा बढि रकम राजश्व बुझाएको छ ।

राष्ट्रिय सहकारी संघबाट संस्थागत तर्फ उत्कृष्ठ सहकारी पुरस्कार प्राप्त गरेको छ । वार्षिक उत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको समग्र विकासको संस्थाले आगामी वर्षमा थप नयाँ योजनाहरुमा लगानी गर्दै लैजाने प्रतिवद्वता व्यक्त गरे ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि.\कलेजमा अध्ययनरत विद्यार्थीलाई छात्रावृत्ती दिदै आएको छ । यस्तै गोरखाको दुर्गम भेगबाट एसएलसी उतिर्ण विद्यार्थीमध्ये एक जनालाई छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसमा अध्यापनका लागि छात्रवृत्ति दिदै आएको छ । यस्तै लालीगुराँस हस्पिटल एण्ड रिसर्च सेण्टर सातदोबाटोमा प्रत्येक महिनाको १ पटक निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएको छ ।

पुल्चोकमा केन्द्रीय कार्यालय रहेको संस्थाले चावहिल, कौशलटार र चापागाउँ सेवाकेन्द्रबाट सेवा दिईरहेको छ । बहुउद्देश्यीय प्रकृतिको संस्थाको लगानीमा विद्यालय, अस्पताल, कृषि फार्म संचालनमा छन् । । संस्थाले लालीगुराँस हस्पटिल एण्ड रिसर्च सेन्टर, श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि, जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग सेन्टर र चितवनको कुमरोजमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर संचालन गरेको छ । उक्त फार्म नेपाल कै सबैभन्दा ठुलो गाई पालन परियोजना रहेको र फार्ममा हाल करिब ४ सय गाई रहेको संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ