काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारस जाने यात्रुलाई ५ रुपैयाँ भाडा तोकेको छ । बनारसमा उडान सुरु गरेको उपलक्ष्यमा कम्पनीले निश्चित समयसम्मका लागि इन्धन खर्च र करबाहेक ५ रुपैयाँ मात्र लिने घोषणा गरेको छ ।
यात्रुले इन्धर र करवापत थप ३ हजार ७ सय ५१ रुपैयाँ लाग्ने बृद्ध एयरले जनाएको छ । यस योजना अन्र्तगत नेपाली तिर्थयात्रुले ३ हजार ७ सय ५६ रुपैयाँ तिरी बनारस जान पाउनेछन् ।
कम्पनीले विदेशी यात्रुका लागि भने थप एक हजार एक सय ३० रुपैयाँ बढी तोकेको छ ।
यसअघि पनि बुद्ध एयरले बनारस उडान गरी बन्द गरेको थियो ।
काठमाडौं—बनारस प्लेन भाडा ५ रुपैयाँ
२०७१ असार ७, शनिबार
प्रतिक्रिया