वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धितोपत्र बोर्डको अध्यक्षमा कार्की

अर्थटुडे
२०७२ आश्विन १६, शनिबार

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा डा. रेवतबहादुर कार्की चयन भएका छन् । विहिबार मन्त्रीपरिषद्को बैठकले उनलाई अध्यक्षमा चयन गरेपनि वर्तमान अध्यक्ष बाबुराम श्रेष्ठको पदावधि असोज २९ मा सकिएपछि मात्र कार्कीले कार्यभार सम्हाल्नेछन् । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी कार्की नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धक भइसकेका व्यक्ति हुन् । हाल उनी बोर्डमै विज्ञ सञ्चालक र राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष छन् ।

rewat bd karki

राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. रेवतबहादुर कार्कीका साथै धितोपत्र बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी र निक्षेप तथा कर्जा सुरक्षण निगमका महाप्रवन्धक डा. डण्डपाणि पौडेलाई सिफारिस गरेको थियो ।

नाम सिफारिस गर्न सरकारले वाग्लेको संयोजकत्वमा अर्थसचिव सुमनप्रसाद शर्मा र विज्ञका तर्फबाट धितोपत्र बोर्डका पूर्वअध्यक्ष डम्बरप्रसाद उप्रेती सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो ।

बोर्डको अध्यक्ष कार्यावधि ४ वर्षको हुने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ