वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चेकमार्फत कारोबार बढ्दै, दैनिक २८ हजार एकाउन्ट पेयी चेक राफसाफ

अर्थटुडे
२०७२ आश्विन २७, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोटको भौतिक प्रयोग घटाउदै लैजाने नीति लिएपछि बैंक तथा वित्तीय संस्थाबाट एकाउन्ट पेयी चेकको कारोबार बढ्न थालेको छ । सर्वसाधारणले कारोबार गर्दा चेकको प्रयोग गर्ने र उक्त चेक सटही नगरी सिधै खातामा जम्मा गर्न थालेकाले चेकमार्फत कारोबार बढेको हो । नेपालमा एकाउन्ट पेयी चेकको राफसाफ गर्ने नेपाल हाउस लिमिटेड (एनसिएचएल)का अनुसार हाल दैनिक २८ हजार एकाउन्ट पेयी चेकको राफसाफ हुन थालेको छ ।

chequeविद्युतीय माध्यमबाट चेक भुक्तानी एवं फर्छ्यौट गर्नका लागि तीन वर्षअघि स्थापना भएको कम्पनीमा नेपाल राष्ट्र बैंकका साथै बैंक तथा वित्तीय संस्था र स्मार्ट च्वाईस टेक्नोजोजिको सेयर लगानी छ । कम्पनीले २ वर्षदेखि कारोबार गर्दै आएको छ ।

यसअघि राष्ट्र बैंक आफैले एसी पेयी चेकको राफसाफ गर्दै आएको थियो । त्यसबेला भौतिक रुपमा चेक पुर्र्याएपछि मात्र राफसाफ हुने भएकाले ढिलो हुने गरेको थियो । अहिले बैंकमा चेक जम्मा गरेकै दिन राफसाफ भएर खातामा जम्मा गर्ने गरिएको एनसिएचएलले जनाएको छ ।

कम्पनीले हाल १२८ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २ हजार ५६० शाखाबाट खिचिएका एकाउन्ट पेइ चेकहरु राफसाफ गर्दै आएको छ । गत आवमा कम्पनीले ६५ लाख ४७ हजार चेक राफसाफ गरेको प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले जानकारी दिए ।

चेकमार्फत कारोबार बढाउनकै लागि राष्ट्र बैंकले कम्पनीको नाममा खिचिएको चेक एकाउन्ट पेयी मात्र हुने र व्यक्तिको नाममा खिचिएको चेक पनि निश्चित सिमामात्रको मात्र नगद सटही हुने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ