वि.सं. २०८१ माघ २८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेसबुकमा कमेन्ट लेख्दा जेल परिएला नि !

अर्थटुडे
२०७१ असार ७, शनिबार
  • फेसबुकमा कमेन्ट लेख्दा २० दिन जेल 

काठमाडौं । फेसबुकमा कमेन्ट लेखेको आरोपमा सप्तरीका एक युवा २० दिन जेल परेका छन् । पोर्ताहा १ का व्यापारी अब्दुल रहमानले जिल्लाको सुरक्षा अवस्थाबारे फेसबुकमा सेयर भएको समाचारमा गरेको कमेन्टका कारण उनी जेल परेका हुन् ।
नागरिक दैनिकको जेठ १७ गते छापिएको “सप्तरीमा सुध्रिदो सुरक्षा” समाचारको फेसबुकमा पोष्ट भएको कटिङमा रहमानले ‘के को सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नुपरेको छ, त्यो पनि ५० हजार’ भनी कमेन्ट लेखेका थिए ।
सोही कमेन्टका आधारमा सप्तरीका एसपी दिनेश अमात्यको निर्देशनमा गत जेठ १८ मा रहमानलाई राजविराज ३ स्थित पसलबाट नियन्त्रणमा लिइएको थियो । प्रहरीले उनलाई विद्युतिय कारोबार ऐन अन्र्तगत मुद्दा चलाएको थियो ।

अदालतले उनलाई ५ हजार धरौटीमा रिहा गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ