काठमाडौं । कोरियामा काम गरिरहेका नेपालीहरुले ग्लोबल आइएमई बैंकमा रकम खातामा रकम पढाउन सक्ने भएका छन् । बैंकले कोरियाको सरकारी बैंक ईन्ड्स्ट्रियल बैंक अफ कोरियासँग रेमिट्यान्स कारोवार सम्झौता गरी सेवा सुरु गरेको छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल ज्ञावली र ईन्ड्स्ट्रियल बैंक कोरियाका जेनेरल म्यानेजर ली डोङ्ग जियोपले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ईन्ड्स्ट्रियल बैंक अफ कोरियाका ६४४ शाखाबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा रेमिट्यान्स पठाउन सकिनेछ । उक्त रकम ग्लोबल आइएमई बैंकको ८८ वटा शाखा कार्यालय वाट भुक्तानी लिन सकिनेछ ।
ग्लोबल आइएमई बैंकले कतार, युएई, बहराइन, भारत, मलेसिया, कोरिया, जापान, अष्ट्रेलियालगायत मुलुकको बैंक र एक्स्चेन्ज हाउससँगको सहकार्यमा रेमिट्यान्स सेवा दिदै आएको छ ।
प्रतिक्रिया