वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलाश, मेट्रो र नेपाल एक्सप्रेस मर्ज हुने, साढे २ अर्व पुँजी

अर्थटुडे
२०७२ कार्तिक २५, बुधबार

काठमाडौं । कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स एक आपसमा गाभिने भएका छन् । तिनवटै वि त्तीय संस्था मर्जरका लागि मंगलबार भएको सम्झौतामा कैलाशका अध्यक्ष राजेन्द्र गिरी, मेट्रोका नारायण बराल तथा नेपाल एक्सप्रेसका गिरीराज पाठकले हस्ताक्षर गरे ।

kailash merge

उक्त संस्थाहरु विच २०७२ चैत्र मसान्त भित्र गाभ्ने\गाभिने कार्य सम्पन्न गरी २०७३ बैशाख महिना देखि एकिकृत कारोवार गर्ने लक्ष्य लिईएको छ ।

२०७२ आषाढ मसान्तको वित्तीय बिवरण बमोजिम तीनवटै संस्था गाभिए पश्चात पुजी २ अर्ब ५५ लाख, निक्षेप १२ अर्ब ३० करोड, कर्जा १० अर्ब ७७ करोड कायम रहेको छ भने कूल शाखा संख्या ३८ पुग्नेछ ।

उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दे आएका तीनवटै संस्था गाभिए पश्चात पूंजीकोष तथा व्यवसायको आधार फराकिलो हुन गई एक सवल र सुदृढ वित्तीय संस्था हुने बैकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ