वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगा बैंकको नाफा ८ करोड मात्र, २६ करोडले घट्यो नाफा

अर्थटुडे
२०७२ कार्तिक ३०, सोमबार

काठमाडौं । मेगा बैंकको नाफा २६ करोडले घटेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ८ करोड ४३ लाख ४८ हजार रुपैयाँमात्र खुद नाफा कमाएको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले ३४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

व्याजदरमा भएको उतार चढाव, जोखिमको दायरामा बृद्धि, तीब्र प्रतिष्पर्धा, न्युन लगानीको अवसर, असहज राजनीतिक वातावरण लगायतका चुनौति भएको भन्दै वित्तिय विवरणमा अन्य समस्याले पनि प्रभाव पारेको बैंकले जनाएको छ ।

दुई अर्व ६० करोड चुक्तापुँजी रहेको बैकमा २२ अर्व ५६ करोड रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै १८ अर्व ४४ करोड रुपैयाँ कर्जा तथा लगानी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ