वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेरी बढ्न थाल्यो सुनको भाउ, एक सातामा १७ सय महंगो

अर्थटुडे
२०७१ असार ८, आईतवार

काठमाडौं । इराक युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा पनि पनि सुनको भाउ फेरी उकालो लागेको छ । दुई साताअघि प्रतितोला ५१ हजार रुपैयाँसम्म झरेको सुनको भाउ फेरी बढेर ५४ हजार रुपैया पुगेको छ ।
बजारमा गत साताभरमा मात्र सुनको भाउ एक हजार सात सय रुपैयाँ महंगो भएको छ । आईतबार प्रतितोला ५२ हजार ३ सय कायम रहेको सुनको भाउ क्रमश बढ्दै शुक्रबार प्रतितोला ५४ हजा रुपैयाँ पुगेको छ । शुक्रबार एकैदिन सुन १ हजार ४ सय महंगो भएको थियो ।

इराकमा जारी द्धन्द्धका कारण अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता सुनतर्फ लागेपछि भाउ उकालो लागेको र यो अझै जारी रहने विश्लेषण गरिएको छ ।

सुनको भाउलाई पछ्याउदै चाँदीको भाउ पनि उकालो लागेको छ । साताभरमा चाँदी ४२ रुपैयाँ महंगो भई प्रतितोला ८ सय ३० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ