वि.सं. २०८१ पुष २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबार ५.९१ अंकले घट्यो नेप्से

अर्थटुडे
२०७२ कार्तिक ३०, सोमबार

काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) सोमबार ५.९१ अंकले ओरालो लागेको छ । भारतले गरेको नाकाबन्दीपछि सेयरबजार उकालो लाग्न सकेको छैन ।

सोमबार  होटल र अन्य समूहको परिसुचक बढेपनि बैकिङ, हाइड्रोपावर, फाइनान्स, विमा र विकास बैंक समूहको परिसुचक घटेको छ । यसदिन सवैभन्दा बढी विमा समूहको परिसुचक ३४.७१ अंकले ओरालो लागेको छ ।

यसदिन  पाँच कमाउने संस्थाहरुमा मनास्लु विकास बैंक, रुलर माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर, नेपाल इन्सुरेन्स, मालिका विकास बैंक र शुभेच्छा विकास बैंक रहेका छन् भने गुमाउने पाँच संस्थाहरुमा एनएमवी बैंक,इन्टरनेसनल लिजिङ एण्ड फाइनान्स कम्पनी, नागवेली लघुवित्त विकास बैंक, रिडि हाइड्रोपावर विकास कम्पनी र पुर्णिमा विकास बैंक रहेकाछन् ।

यसदिन १८ करोड ४६ लाख रुपैयाँ बराबरको पाँच लाख कित्ता सेयर किनवेच भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ