काठमाडौं । साना किसान विकास बैंकले २ कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । बैंकले ११ करोड ५३ लाख ४१ हजार २ सय रुपैयाँ बराबरको ११ लाख ५३ हजार ४१२ कित्ता सेयर लगानीकर्ताका लागि मंसिर २५ गतेबाट बिक्री खुल्ला गर्दैछ ।
हकप्रद निष्कासनका लागि मंसिर ८ गतेबाट बुक क्लोज हुने भएकाले सातगते सम्म सेयर किन्ने सर्वसाधरणले हकप्रद सेयर किन्न पाउने साना किसान विकास बैंकले जनाएको छ ।
हकप्रद सेयरको दरखास्त फारम नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायणचौर र साना किसान बैंकको केन्द्रिय कार्यालय तिनकुने र इलाका कार्यालयहरुबाट भर्न सकिन्छ ।
बैंकको हाल २३ करोड ६ लाख ८२ हजार चुक्तापुँजी रहेकोमा हकप्रद सेयर निष्कासनपछि ३४ करोड ५९ लाख रुपैयाँ चुक्तापुँजी पुग्ने छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ८८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । त्यस्तै ८ अर्व २२ करोड कर्जा तथा लगानी रहेको छ ।
प्रतिक्रिया