वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सवैभन्दा बढी कर तिर्नेमा एनसेल, बढी भ्याट तिर्नेमा भने नेपाल टेलिकम

अर्थटुडे
२०७२ मंसिर १, मंगलवार

काठमाडौं । सरकारलाई गत आर्थिक वर्षमा सवैभन्दा बढी कर मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले तिरेको छ ।

ncellआन्तरिक राजस्व विभागद्वारा मंगलबार आयोजित कर दिवसको अवसरमा अर्थमन्त्री विष्णु पौडेलले सवैभन्दा बढी कर तिरेको भन्दै एनसेलाई सम्मान गरेका हुन् ।

एनसेल केही वर्षदेखि बढी राजस्व तिर्ने कम्पनीमा पर्दै आएको हो । त्यस्तै सवैभन्दा बढी मुल्य अभिबृद्धि कर (भ्याट) तिर्नेमा नेपाल टेलिकम रहेको छ भने सबैभन्दा बढी कर तिर्ने प्रोपाइटरसिपमा पशुपति ट्रेड लिंक परेको छ ।धेरै आयकर तिर्नेमा हिमालयन डिष्ट्रलरिका प्रगुणराज भण्डारी रहेका छन् भने महिलातर्फ सोही कम्पनीका जया शाह रहेकी छिन् ।

त्यस्तै अन्तशुल्क तर्फ लगातार चारवर्षदेखि सुर्व नेपाल पहिलो नम्वरमा रहदै आएको । शिक्षा सेवा शुल्क तिर्ने सस्थामा काठमाडौं मेडिकल कलेज र स्वास्थ्य सेवासम्बन्धी सस्थामा ओम अस्पताल परेको छ । सहकारीतर्फ भने राष्ट्रिय सहकारी बैंक परेको छ ।

निर्यातजन्य उद्योगमा डाबर नेपाल अग्रस्थानमा परेको छ भने वायुसेवामा बुद्ध एयर पहिलो स्थानमा रहेको छ । होटलतर्फ सबैभन्दा धेरै कर तिर्ने सोल्टी क्राउन प्लाजा परेको छ । औषधी उद्योगमध्ये जनता देउरालीले सबैभन्दा बढी कर तिरेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार बाणिज्य बैंकहरु मध्ये नबिल बैंकले सबैभन्दा बढी कर तिरेको छ । भने विकास बैंकतर्फ एनआईडिसीले र फाइनान्स कम्पनीमध्ये नारायणी नेशनलले सबैभन्दा बढी कर तिरेका छन् ।
कर दिवसका अवसरमा विभिन्न ५० वटा संस्थालाई क्षेत्रगत रुपमा बढी करतिर्नेहरु भनी सम्मानित गरिएको थियो ।

सरकारले उत्कृष्ट कर सहभागी संस्थाहरुमा शैक्षिक परामर्श संघ, खुद्रा व्यापार संघ, कारोबार दैनिक, नेपाल आर्थिक पत्रकार समाज, विकास बैंक संघ, नेपाल बार एसोसिएसन, चाटर्ड एकाउन्टेन्टस संस्था लगायतका रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ