काठमाडौं । कृतिमानी बिश्व पर्वतारोही एबम लामो दुरीका धाबक संजय पण्डितले अफ्रिकाकै छानो भनेर चिनिने माउन्ट किलिमन्जारो उल्टो हिडेर आरोहण गर्ने भएका छन् |अस्ट्रेलिया को सर्बोच्च शिखर कोजीयसको आज भन्दा ठिक एक वर्ष अगाडी २०१४ को नोभेम्बरमा उल्टो हिडेर आरोहण गरेको सफल वर्षगाठको सुअवसरमा उनले आज काठमाडौँमा यस्तो घोषणा गरेका हुन् |
एशिया , अफ्रीका, अस्ट्रेलिया , युरोप , अमेरिका, जापान लगाएत महादेशका सर्वोच्च हिम श्रीखंलाहरुको सफल आरोहण एबम अनुभब लिएका पण्डितको अबको अन्तिम यात्रा अन्ट्राटिकाको विन्सोंन मशिफ रएको छ | यसै वर्षको अन्त्य तिर त्यस तर्फ प्रस्थान गर्न लागेका पण्डितले किलिमन्जारो आरोहण अन्ट्राटिका आरोहणको पुर्ब अभ्यासमा गरिएको हुनाले थप सजिलो हुने विश्वास ब्यक्त गरेका छन् | उनि नोभेम्बर २८ मा प्रस्थान गर्दै छन् |उनि यो भन्दा पहिले पनि किलिमन्जारो आरोहण सम्पन्न गरिसकेका छन् |
गएको वर्ष पण्डितले ६ घण्टा १३ मि मा साउथ एशियाकै तीब्र गतिका आरोहीका रुपमा कृतिमान गरिसकेका छन् | उनले यो उल्टो हिडेर गरिने आरोहण वोर्ल्ड रेकर्ड हुने समेत दाबी गरेका छन् |यो भन्दा आगाडी अहिले सम्म कुनै आरोहीले किलिमन्जारोमा यस्तो प्रकारको कृतिमान गरेका छैनन |
प्रतिक्रिया