काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा गैरआवासिय नेपालीका विभिन्न संघसंस्थाले संयुक्त रुपमा संयुक्त राष्ट्र संघको न्यूर्योकस्थित मुख्यालय भवन अगाडि विरोध प्रदर्शन गरेका छन् । एनआरएन अमेरिकाको अगुवाईमा भएको विरोधमा अमेरिकामा रहेका विभिन्न नेपाली संघसंस्थाका साथै अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाएका थिए ।
विरोध प्रदर्शनपछि उनीहरुले नाकावन्दी हटाउन पहल गर्नका लागि ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा दुई महिनाभन्दा लामो नाकाबन्दीको कारणले नेपालमा अत्यावश्यक सामग्रीको समेत अभाव भइसकेको अवस्थामा राष्ट्र संघले चासो देखाउनुपर्ने उल्लेख गरिएको छ ।
चाँडो नाकाबन्दी खोल्ने वातावरण बनाउन विरोध प्रदर्शन गरिएको एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले जानकारी दिए ।
प्रतिक्रिया