वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन किन्ने उपयुक्त अवसर, फेरी तोलाको ४८ हजारमा झर्र्यो

अर्थटुडे
२०७२ मंसिर २, बुधबार

काठमाडौं । विवाहको लगन सुरु हुदै गर्दा सुन किन्ने सोचमा हुनुहन्छ भने उपयुक्त अवसर आएको छ । नेपाली बजारमा सुुनको भाउ फेरी तोलाको ४८ हजार रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक महिनायता लगातार घटेपछि नेपाली बजारमा पनि सुन सर्वाधिक सस्तो भएको हो । यसले सुन किन्न चाहाने सर्वसाधारणलाई राहत भएको छ ।

goldनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा सुन प्रतितोला ४८ हजार रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको तुलनामा आज सुन ५ सय रुपैयाँ सस्तो भएको हो । हिजो सुनको बजारभाउ प्रतितोला ४८ हजार ५ सय रुपैयाँ कायम थियो । यसैगरी आज भाउ समेत ५ रुपैयाँ घटेर प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

दुई महिना अघि पनि सुनको भाउ ४७ हजार २ सय रुपैयाँमा झरेको थियो । त्यसबेला सुनको भाउ ३० हजार रुपैयाँसम्म झर्ने आकलन गरिएका बेला फेरी बढेर ५२ हजार रुपैयाँसम्म पुगेको थियो ।

एक महिनायता नेपालमा पनि सुनको भाउ लगातार घटिरहेका छ । एक महिनामा बजारमा सुन करिव ४ हजार रुपैयाँ सस्तो भइसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा लगानीको रुपमा सुन किन्ने प्रचलन भएपनि नेपालमा अधिकांश गहनाका रुपमा किन्ने गरिन्छ । तर पछिल्लो समयमा भने लगानीका रुपमा ढिक्का सुन किनेर राख्ने प्रचलन बढेको छ । यद्यपि सरकारले भने यसलाई अवैध बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ