वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसीसीको नाफा साढे २ करोड बढ्यो

अर्थटुडे
२०७२ मंसिर २, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षको असोजसम्ममा एनसीसी बैंकको नाफा करिब दुई करोड ५० लाख रुपैयाँ बढेको छ । गत आवको पहिलो त्रैमाससम्ममा १० करोड दुई लाख नाफा कमाएकोमा चालु आवको असोजसम्म नाफा बढाएर १२ करोड ७१ लाख रुपैयाँ पुर्र्याएको छ ।

ncc bankबैंकले बुधबार प्रकाशित गरेको अपस्किृत वित्तिय विवरण अनुसार व्याज आम्दानी बढ्नुका साथै कर्जाको प्रभिजन समेत घटेको र राइट ब्याक भएकाले नाफा बढेको देखिएको छ ।

असोजसम्ममा बैंकले २५ अर्ब ६२ करोड निक्षेप संकलन गरी २१ अर्ब ६२ करोड कर्जा लगानी गरेको छ । यस त्रैमासिकमा खराव कर्जाको मात्रा घटाएको छ । बैंकले गत वर्षको यही अवधिमा २.७० प्रतिसत रहेको खराव कर्जा यो त्रैमासिकमा १.८१ प्रतिसतमा झारेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ