काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जनता बैंकको नाफा दोब्बर बढेको छ । गत आवको असोजसम्म २ करोड १३ लाख नाफा गरेकोमा चालु आवको सोहि अवधिमा भने नाफा बढेर ५ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको व्याज आम्दानी सामान्य बढेको छ । अघिल्लो वर्ष यसै अवधिमा १३ करोड ८५ लाख व्याज आम्दानी गरेकोमा चालु आवमा भने १६ करोड ७८ लाख आम्दानी गरेको छ ।
बैंकले असोजसम्ममा २२ अर्व ५६ करोड निक्षेप संकलन गरी १९ अर्व ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
जनता माछापुच्छ«े बैंकसँग मर्जरको प्रक्रियामा छ ।
प्रतिक्रिया