काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड २७ लाख रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ५ करोड रुपैयाँ बढी हो । अघिल्लो आवको यसै अवधिमा बैंकले २६ करोड ८६ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकले ७९ करोड ७२ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १० करोड रुपैयाँ बढी हो ।
बैंकले असोजसम्ममा ७७ अर्व ५२ करोड निक्षेप संकलन गरी ५७ अर्व ४९ करोड कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया