वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चीनसँग इन्धन ल्याउने सम्झौताका लागि नेपाली टोली शुक्रबार चीन जादै

अर्थटुडे
२०७२ मंसिर ३, बिहीबार

काठमाडौं । चीनसँग इन्धनको व्यापारिक सम्झौताको लागि नेपाली टोली शुक्रबार चीनको जाने भएको छ । नेपाल आयल निगम र बाणिज्य मन्त्रालयको संयुक्त टोली चीन जाने भनिएपनि हवाई टिकट नमिलेकोले भोली जाने भएका हुन् ।nepal aayal nigam

टोलीले चाइना नेशनल पेट्रोलियम कर्पोरेशनसँग इन्धन खरिद सम्बन्धी ब्यापारिक सम्झौता गर्नेछ । सम्झौतापछि नेपालले चीनसँग व्यापारिक रुपमा पहिलोपटक इन्धन खरिद गर्नेछ । यसअघि चीनसँग इन्धन खरिद गर्नेबारे समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ ।

व्यापारिक सम्झौतामा नेपालले चीनसँग खरिद गर्ने इन्धनको मूल्य परिमाण, गुणस्तर लगायत सबै विषय समावेश हुनेछन् । चीन नेपाललाई भारतकै मूल्यमा तेल दिन सकारात्मक रहेको बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुनले जानकारी दिएका छन् ।

नेपालमा हुने वार्षिक खपतको ३३ प्रतिशत इन्धन चीनबाट ल्याउने आयल निगमको तयारी छ । चीनले पहिलो चरणमा अनुदान स्वरुप १३ लाख लिटर पेट्रोल नेपाललाई दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ