वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम समेत घट्यो

अर्थटुडे
२०७२ मंसिर ३, बिहीबार

काठमाडौं । सेयर बजार परिसुचक विहिबार सामान्य घटेको छ । बुधबार ५ अंकले उकालो नेपाल स्टक एक्सचेन्ज (नेप्से) विहिबार ४.६८ अंकले झरेर १०९४.५७ अंकमा रोकिएको छ । आज कारोबार सुरु भएदेखि नै बजार घट्न थोको हो । कारोबारको मध्यसमयसम्म ९ अंकले गिरावट आएपनि अन्तिम समयमा भने थोरै बढेको हो ।

विहिबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि त्यसको समग्र असर बजारमा परेको हो । बैंक तथा वित्तीय संस्थाले धमाधम वित्तीय विवरण प्रकाशित गरेपनि त्यसले लगानीकर्तालाई आकर्षित गर्न सकेको छैन । विहिबार हाइड्रोपावर र उत्पादनमूलक समूहबाहेकका सबै समूहगत परिसुचकमा गिरापट आएको छ ।

chart
विहिबार अपि हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन भने युनाइटेड फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । आज १०३ कम्पनीको २० करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा एक करोड रुपैयाँ कम हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ