वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्ननिर्माण प्राधिकरणको जिम्मेवारी योजना आयोगलाई दिने मन्त्रीपरिषद्को निर्णय

अर्थटुडे
२०७२ मंसिर ३, बिहीबार

काठमाडौं । भूकम्पपछिको पुन निर्माण कामको जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिइएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माण प्राधिकरण नबन्दासम्म त्यसको सबै काम राष्ट्रिय योजना आयोग मार्फत गर्ने निर्णय गरेको हो ।

Singha_durbar

सुशील कोइराला नेतृत्वको सरकारले नै संसदमा पेश गरेको पुर्ननिर्माण विधेयक पारित हुन नसक्दा पुर्ननिर्माण प्राधिकरण विगठन भएको थियो । प्राधिकरण नबन्दा भूकम्पपछिको निर्माणका काम अघि बढेको छैन भने दाताले दिएको सहयोग पनि अलपत्र परेको छ ।

यसैगरी मन्त्रीपरिषद्ले इन्धनको समस्या समाधानका लागि सबै बिकल्प खुल्ला गर्ने निर्णय गरेको छ । त्यसका लागि चीनसँग पेट्रोलियम पदार्थ खरिद प्रक्रिया अघि बढाउने, तातोपानी नाका तत्कालै खुलाउने र स्तरोन्नतीका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ