वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिजनेस युनिभर्सल र फेवा विकास बैंक एक आपसमा गाभिने

अर्थटुडे
२०७२ मंसिर ३, बिहीबार

काठमाडौं । बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक र फेवा विकास बैंक एक आपसमा गाभिने भएका छन् । दुई कम्पनीबिच भएको समझदारीपत्रमा बिजनेस युनिभर्सलका संचालक एवं मर्जर समितिका संयोजक दिनेश शंकर पालिखे र फेवाका संचालक एवं मर्जर समितिका संयोजक विन्दुु कुमार थापाले हस्ताक्षर गरेका छन् ।

दुवै वित्तीय संस्थाले गत मंगलबार मर्जरका लागि सम्झौता गरी अनुमतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएका छन् । राष्ट्र बैंकको स्विकृतीपछि मर्जर प्रक्रिया अघि बढ्नेछ । दुवै कम्पनीबिच २०७२ चैत्रसम्ममा मर्जरका सम्पूर्ण प्रक्रिया पुरा गरी २०७३ बैशाखदेखि संयुक्त रुपमा कारोबार सुरु गर्ने लक्ष रहेको छ ।

चालु आर्थिक वर्षको असोजसम्मको वित्तिय अवस्थाका आधारमा दुई कम्पनी मर्जर भएपछि चुक्ता पुँजी १ अर्व ७५ करोड ९ लाख रुपैयाँ पुग्नेछ । यसैगरी निक्षेप १६ अर्व ३४ करोड, निक्षेप १४ अर्व ५ करोड पुग्नेछ ।

मर्जरपछि बन्ने बैंकको कुल सम्पती २० अर्व पुग्नेछ भने ४० शाखा र २४ एटिएम पुग्ने बैंकद्धारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ