काठमाडौं । आर्थिक वर्ष २०७२\७३ को प्रथम त्रैमासिकमा सेञ्चुरी बैंकले नाफा दोब्बर पारेको छ । बैंकले यस अवधिमा २५ अर्व ३० करोड निक्षेप संकलन तथा २१ अर्व ३२ करोड निक्षेप परिचालन ७ करोड ४ लाख खुद नाफा गरेको छ ।
गत बर्षको यहि अवधिमा बैंकले २२ अर्व १२ करोड निक्षेप संकलन तथा १८ अर्व ९८ करोड कर्जा परिचालन गरी ३ करोड ५ लाख खुद नाफा गरेको थियो ।
बैंकले हालसम्ममा ३१ वटा शाखा, २६ वटा एटीएम् काउन्टर, १० वटा शाखारहित बैंकिङ्ग र दुईटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया