काठमाडौं । आन्तरिक राजश्व विभागले राष्ट्रिय सहकारी बैंकलाई सम्मान गरेको छ । चौथो राष्ट्रिय कर दिवसको अबसरमा सहकारी संघसस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गरे वापत कदर स्वरुप सम्मानपत्र र दोसल्लाका साथ सम्मान गरेको हो ।
अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बैंकका प्रवन्ध संचालक केवि उप्रेतीलाई सम्मान गरे ।
बैंकले हालसम्म ९ अर्व निक्षेप संकलन गरी ५ अर्व कर्जा लगानी गरेको छ । ३७ शाखाद्धारा सेवा दिइरहेको बैंकमा ८ हजार संघसंस्था सदस्य रहेका छन् ।
प्रतिक्रिया