काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांस बाड्ने भएको छ । उक्त लाभांसमध्ये ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस रहेको छ ।
यसअघि बैंकले ६ प्रतिशत नगद लाभांस प्रस्ताव गरेकोमा एक प्रतिशत घटाएको हो ।
बैंक संचालक समितिले सोमबार गरेको उक्त लाभांसप्रस्तावलाई राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लागू हुनेछ ।
संचालक समितिले बैंकको साधारणसभा पुस ६ गते गर्ने निर्णय गरेको छ । बैंक संचालक समितिले राष्ट्र बैंकको निर्देशन बमोजिम ८ अर्व चुक्ता पुँजी पुर्र्याउन प्रतिवद्ध रहेको बताएको छ ।
बैंकले गत आवमा १ अर्व ५७ करोड खुद नाफा गरेको छ ।
एभरेष्ट बैंकले नगद लाभांस एक प्रतिशत घटायो, ३५ % लाभांस बाड्ने
२०७२ मंसिर ८, मंगलवार
प्रतिक्रिया