वि.सं. २०८१ पुष २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सातहजार लिटर हवाइ इन्धन सहित चार जना पक्राउ

अर्थटुडे
२०७२ मंसिर ८, मंगलवार

नारायणगढ । चितवन प्रहरीले हवाइ इन्धन अवैधरूपमा बेच्न लागेको अवस्थामा चारजनालाई मंगलबार प्रक्राउ गरेको छ ।
petrolपक्राउ पर्नेमा नारायणगढ वेलचोकका विनोद अवस्थी, उनका एकजना सहयोगी, वीरगञ्जका किशोर पटेल र सवारी चालक मकवानपुरका सोमलाल व्लोन रहेको चितवन प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार चितवनको नारायणगढ बेल्चोकबाट ना २ ख ४३६५ नम्बरको ट्यांकरसहित चार जनालाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय चितवनका इन्सपेक्टर सत्यनारायण थापा नेतृत्वको टोलीले इन्धनसहित उनीहरुलाई पक्राउ गरेको हो । अवस्थीको घरमा इन्धन झार्न लागेको गोप्य सूचनाको आधारमा थापा नेतृत्वको प्रहरी टोली बेलचोक पुगेको थियो ।

वरिष्ठ प्रहरी उपरिक्षक बसन्त कुँवरका अनुसार नेपालगन्जबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थलका लागि छुटेको ट्यांकर बिच बाटोमा बिभिन्न स्थानमा इन्धन बेच्दै आइरहेको जानकारी भएको र चितवनमा उनीह पक्राउ परेका हुन् । सो ट्यांकरमा करिव ७ हजार लिटर जति हवाई ईन्धन रहेको कुवरले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ