काठमाडौं । सरकारले मूलुकको आर्थिक अवस्था र तत्कालको कार्यदिशा सम्बन्धी श्वेतपत्र जारी गरेको छ । भारतले गरेको नाकाबन्दी र तराईमा जारी आन्दोलनपछि मूलुकमा उत्पन्न भएको अवस्था र सरकारले आगामी दिनमा चाल्ने कदमको बारेमा मंगलबार श्वेतपत्र जारी गरेको हो ।
श्वेतपत्र जारी गर्दैै अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर २ प्रतिशतमा झर्ने अनुमान गरिएको बताए । अहिले जारी रहेको बन्द हड्ताल र भारतिय नाकावन्दी अझै लम्बिएमा आर्थिक वृद्धिदर अझै कम हुने उनको भनाई छ । यसअघि चालु आर्थिक वर्षको बजेट बक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशतमा पुग्ने आकलन गरिएको थियो ।
अर्थमन्त्री पौडेलले संकटपूर्ण अवस्थालाई सकेसम्म सहज बनाउन सरकार प्रयासरत रहेको बताए । उनले इन्धन संकटलाई कम गर्नका लागि वितरण प्रणाली व्यवस्थित गर्ने उल्लेख गरे । जसमा सार्वजनिक गाडीहरुलाई तेल दिने मिति उल्लेख गरेको कुपन वितरण गर्ने, अस्पताल, होटल र पर्यटकिय क्षेत्रका लागि प्राथमिकताका साथ तेल र ग्यास वितरण गरिने जानकारी दिए ।
प्रतिक्रिया