काठमाडौं । सरकारले भूकम्प पीडितलाई न्यानो कपडा किन्नका लागि प्रतिपरिवार १० हजार रुपैयाँ सहयोग दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर मसान्तभित्रमा यस्तो रकम पीडितका हातमा पुर्र्याउने बताएको छ ।
यसअघि सरकारले अस्थाई घर निर्माणका १५ हजार रुपैयाँ सहयोग गरेको थियो ।
यसैगरी भूकम्प पीडितलाई दिने भनी घोषणा गरिएको २ लाख सहयोगमध्ये २ पहिलो किस्ताको रकम तत्काल निकाशा गर्ने र विपन्न परिवारका लागि सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइएको सरकारले निर्णय गरेको छ ।
प्रतिक्रिया