वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआरएनले दियो ३८ लाख बराबरको अत्यावश्यक औषधी

अर्थटुडे
२०७२ मंसिर ९, बुधबार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारले करिव ३८ लाख बराबरको औषधि सहयोग गरेको छ । मंगलबार अध्यक्ष शेष घलेले स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई औषधी हस्तान्तरण गरे ।

14
तराईमा जारी लामो आन्दोलनसँगै भारतीय नाकाबन्दीका कारण बजारमा अत्यावश्यक औषधि अभाव भएको भन्दै एनआरएनएले ३ करोडको औषधि सहयोगको घोषणा गरेको थियो । सोहि अनुसार पहिलो लटमा ३८ लाखको औषधि सरकारलाई हस्तान्तरण गरेको हो ।

कम्तीमा एक महिनालाई पुग्ने औषधि ल्याउन चाहेको भए पनि विमानहरुले कार्गो बोक्न नमान्ने जस्ता समस्याले पहिलो लटमा ल्याउन नसकिएको अध्यक्ष घलेले जानकारी दिए । साथै नेपाललाई आवश्यक पर्ने औषधिहरु उपलब्ध गराउन तयार रहेको भन्दै उनले चीन, बंगलादेश र भारतमा किनिएका औषधि आउने क्रममा रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ