काठमाडौँ । सरकारले सरकारी पम्पहरुबाट मात्र इन्धन वितरण गर्ने गरी नयाँ प्रणाली लागु गरेको छ । भारतले लगाएको नाकाबन्दीका कारण इन्धन अभाव चरम बन्दै गएका बेला सरकारले सरकारी पम्पहरुबाट मात्र तेल वितरण गर्ने गरी नयाँ प्रणाली लागु गरेको हो ।
जस अनुसार सरकारी पम्पहरुबाट सरकारी मोटरसाइकहरुलाई हप्तामा ३ लिटर पेट्रोल उपलब्ध गराउने छ । भने कार जीप भ्यानहरुलाई हप्तामा १० लिटर इन्धन उपलब्ध गराउने छ । निगमले कम मात्रामा इन्धन आइरहेकोले सहज रुपमा इन्धन वितरणको लागि यस्तो प्रणाली लागु गरेको हो ।
’निगमले सञ्चारकर्मीहरुका लागि प्रत्येक शुक्रबार मोटरसाइकलका लागि ३ लिटर र चार पाङ्ग्रे सवारीका लागि १० लिटर इन्धन उपलब्ध गराउने छ । त्यस्तै निजी मोटर साइकल तथा चार पाङ्ग्रे सवारीलाई भने इन्धन उपलब्ध गराउन नसक्ने बताएको छ ।
निगमका अनुसार सञ्चारका साथै अत्यावश्यक सवारी साधनलाई तेल दिने पम्प वेग्लै हुने छ । अस्पताल, औषधि, खाद्यान्न बोक्ने, कुटनितिक नियोग तथा एम्बुलेन्सलाई तोकिएका पम्पहरुबाट इन्धन उपलब्ध गराइने छ ।
डिजेलको हकमा सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीका आधारमा इन्धन बितरण गरिने निगमले जनाएको छ । निगम प्रवक्ता मुकुन्द घिमिरेका अनुसार माइक्रो बस र जीपहरुलाई जोर बिजोर प्रणाली अनुसार एक पटकमा १५ लिटर डिजेल, मिनिबसलाई २० लिटर, ठुला सिटि बसलाई ३० लिटर इन्धन उपलब्ध गराइने छ ।
त्यस्तै निगमले विद्यालय तथा कलेजका बसहरुलाई प्रत्येक सोमबार ३० लिटर इन्धन उपलब्ध गराउने छ । लामो दुरीका माइक्रो तथा ठुला बस र पर्यटकीय बसहरुलाई चलानका आधारमा गन्तव्यसम्म पुग्ने इन्धन उपलब्ध गराउने निगमले जनाएको छ ।
इन्धन बितरणका क्रममा कार्वाहीमा परेका १८ वटा पम्पहरुलाई इन्धन उपलब्ध नगराउने निर्णय मन्त्रालयले गरेको जनाउँदै निगमले ती पम्पका लागि निगमले इन्धन नदिने बताएको छ ।
यसैगरी निगमले विहिबार बाड्नको लागि थानकोट डिपोबाट ५० वटा पम्पमा २ लाख ३४ हजार डिजेल र ४२ हजार लिटर पेट्रोल पठाउने व्यवस्था गरेको छ ।
विहिबार कुन पेट्रोल पम्पमा कति परिमाणमा इन्धन आउछ तल हेर्नुहोस् ।
प्रतिक्रिया