वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिखर इन्स्योरेन्सले निष्कासन गर्यो पाँच लाख कित्ताको एफपीओ

अर्थटुडे
२०७२ मंसिर १०, बिहीबार

काठमडौं । शिखर इन्स्योरेन्सले सर्वसाधरणको हिस्सा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्कासन गरेको छ । हाल इन्स्येरेन्समा सर्वसाधारणको २० प्रतिशत र संस्थापकको ८० प्रतिशत हिस्सा रहेको छ ।sikhar

इन्स्योरेन्सले मंसिर १७ गतेदेखि आवेदन दिन सक्ने गरि एफपीओ निष्काशन गरेको हो । कम्पनीले प्रिमियममा ५ लाख १० हजार ९ सय ८८ कित्ता शेयर निष्काशन गरेको हो ।

आवेदकले प्रतिकित्ता ६ सय ५० रुपैंयाका दरले १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । एफपीओ यही मंसिर १७ गतेदेखि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबीएल क्यापीटल रहेको छ ।

अवेदकले शिखर इन्स्योरेन्सको मुख्य कार्यालय थापाथलीका साथै शाखा कार्यालयहरु न्युरोड, गोंगबु, चाबहिल, बिराटनगर, बीरगञ्ज, पोखरा, नारायणगढ, बुटबल र नेपालगञ्जबाट आवेदन दिन सक्ने छन् ।

त्यस्तै एनआइबीएल क्यापिटल लाजिम्पाट र नेपाल इन्भेष्टमेण्ट बैंकका मुलुकभरका सबै शाखाहरुबाट र कृति क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेड सोल्टीमोडबाट एफपीओका लागि आवेदन दिन सक्नेछन् । निष्काशनको म्याद छिटोमा मंसिर २१ गते र ढिलोमा पुस २ गतेसम्म रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ