काठमाडौ । बैकिङ कसुरको कारबाही अगाडी बढाउदा लाग्ने सवै खर्चसम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विहिबार बैंक तथा वित्तिय संस्थालाई बैकिङ कसुरको कारबाही अगाडी बढाउनका लागि लागी लाग्ने खर्च सम्बन्धी बैंकले पेस्की सहित व्यहोर्नुपर्ने निर्देशन जारी गरेको हो ।
केन्द्रिय बैंकका अनुसार मुद्दाको अनुसन्धान, तहकिकात र अभियुक्त पक्राउ गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट कारवाही अगाडि बढाउदा लाग्ने सवै खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै तिर्नुपर्दछ ।
सिआइबीलाई अनुसन्धान गर्न लाग्ने खर्च तथा अभियुक्त पक्राउ गर्नको लागि स्वदेश वा विदेशमा जादा लाग्ने हवाइ टिकट सहितका अन्य खर्च पनि सम्बन्धित बैंक वित्तीय संस्थाले नै दिनु पर्ने सो निर्देशनमा उल्लेख छ ।
सो निर्देशनको विरोध गर्दै सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले सो अभियुक्त पक्राउ गर्दा लाग्ने खर्च सम्पुर्ण संस्था आफैले व्योहोर्नु पर्ने भएमा बैंकलाई समस्या पर्ने बताए ।
राष्ट्र बैंक भने यस्तो खर्च संस्था आफैले व्योहोर्नुपर्ने व्यवस्था गर्दा बैंकले कर्मचारीहरु राख्दा शतर्क हुन्छन् । अपराधिक मानसिकता भएका व्यक्तिहरु संस्थामा प्रबेश गर्न पाउदैनन् जसले गर्दा बैकिङ ठगीमा कमी आउछ ।
सिआइबीले यस्तो खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थावाट पाउनु पर्ने माग गर्दै आएको थियो । पछिल्लो समयमा बैंकिङ कसुरको अभियोग लागेका केहि अभियुक्तहरु भारत लगायतका देशमा र केहि अभियुक्तहरु अमेरिका लगायतका देशमा रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया