काठमाडौं । पुँजी बढाउनुपर्ने दवावमा रहेका बैंक तथा वित्तीय संस्था मर्जरमा जाने क्रम जारी छ । यसैबिच राष्ट्र बैंकका नियन्त्रणमा संचालक समिति रहेको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा राष्ट्रिय स्तरका चार विकास बैंक गाभिने भएका छन् । एनसीसीमा इन्टरनेशनल, इन्फ्राष्ट्रक्चर, एपेक्स र सुप्रिम डेभलपमेन्ट बैंक मर्जर हुने भएका हुन् । यसका लागि पाँच बैंकहरुबीच शुक्रबार प्रारम्भिक सम्झौतामा सबै बैंकका अध्यक्षले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा एनसीसीका व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौला, इन्टरनेशनलका अध्यक्ष माधव प्रसाद भट्ट, इन्फ्राष्ट्रक्चरका अध्यक्ष ईमानसिंह लामा, एपेक्सका अध्यक्ष विष्णु प्रसाद धिताल र सुप्रिमका अध्यक्ष चन्द्रप्रसाद वास्तोलाले हस्ताक्षर गरे ।
मर्ज सम्बन्धी सबै काम २०७२ चैत मसान्तसम्ममा सम्पन्न गर्ने बताइएको छ । ०७२ असोजसम्मको वित्तीय विवरणअनुसार मर्जपछि बन्ने बैंकको चक्तापुँजी ५ अर्व ३ करोड पुग्नेछ । यसैगरी निक्षेप ४७ अर्व ७० करोड र कर्जा ३७ अर्व ८१ करोड पुग्नेछ ।
प्रतिक्रिया