काठमाडौं । चालु आर्थिक वर्षको असोजसम्ममा राष्ट्रिय बाणिज्य बैंकको नाफा घटेको छ । गत आवको असोजसम्ममा ६७ करोड ३८ लाख रुपैयाँ नाफा गरेकोमा चाल आवको असोजसम्ममा ६० करोड ३९ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको वैदेशिक विनिमयबाट आउने आम्दानी घट्नुका साथै जोखिम व्यवस्था वापतको रकम पनि घटेपछि नाफामा असर गरेको हो ।
गत आर्थिक वर्षको असोजसम्ममा १ करोड २२ लाख खुद नाफा गरेकोमा चालु आवको यसै अवधिमा भने २९ लाख रुपैयाँमात्र आम्दानी गरेको छ । यस्तै जोखिम व्यवस्था वापत छुट्याउनुपर्ने रकम पनि ९ करोडबाट बढेर २४ करोड पुगेको छ ।
बैंकले चालु आवको असोजसम्ममा १ खर्व २४ अर्व २३ लाख निक्षेप संकलन गरी ७४ अर्व कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया