काठमाडौं । नेपाल आयल निगमले अव बार अनुसार इन्धन दिने भएको छ । अत्यावश्यक सेवाका सवारी साधनलाई वर्गीकरण गरेर निगमले बार अनुसार इन्धन दिन लागेको हो । निगमले अस्पताल, औषधि, दमकल, शव बहान र फोहर मैला ढुवानी गर्ने सवारी साधनलाई सवैबार इन्धन उपलव्ध गराउने भएको छ ।
त्यसैगरी सवैबार इन्धन पाउने सवारी साधनहरुमा पुर्व पश्चिम लामो दुरीका सवारी साधन, मध्यम तथा लामो दुरीका सवारी साधन, अरनिको यातायात पुरानो बसपार्कबाट छुट्ने, टाटासुमो कामाडौ हेटौडा जाने र लोकल रुटका सवारी साधनहरु रहेको छ ।
त्यसैगरी सरकारी संस्थान, मिडिया र संस्थाहरुलाई शुक्रबार, ट्रिपरलाई सोमबार र विहिबार, पर्यटक हरियो नम्वर प्लेटका सवारी साधनहरुलाई आइतबार, मंगलबार र शुक्रबार, कटनैतिक नियोग, राजदुतावास र विद्यालयका सवारीसाधनहरुलाई सोमबार र विहिबार, अत्यावश्यक खाद्य बस्तु, दुध पानी तरकारी ढुवानीका सवारी साधनहरुलाई आइतबार मंगलबार र शुक्रबार दिने व्यवस्था गरेको छ ।
कुनबार कुनलाई तेल दिन्छ निगमले सम्पुर्ण विवरण तल हेनुहोस् ।
प्रतिक्रिया