वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तामाकोसीको काम ८ महिनादेखि ठप्प, तोकिएको समयमा पुरा नहुने

अर्थटुडे
२०७२ मंसिर १५, मंगलवार

दोलखा ।  स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम भूकम्प र इन्धन अभावले ८ महिनादेखि ठप्प भएको छ । मुलुकको लोडसेडिङ कम गर्न निकै महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको यो आयोजना दोलखाको लामाबगर गाविसमा निर्माण भइरहेको छ ।

tamakoshi८ महिनाअघिको विनाशकारी भूकम्पले क्षति पु¥याएको सडक खुलाउने काम सुरु हुन लागेलगत्तै इन्धन अभावले फेरि रोकिएको छ । भूकम्पले आयोजनाको प्रवेशमार्ग गाेंगरदेखि लामाबगरसम्म पूर्ण रूपमा क्षति भएको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

“जेठदेखि दसैंअघिसम्म भूकम्पका परकम्प र वर्षात्ले काम सुरु गर्न सकिएन,” उनले भने, “अहिले इन्धन अभावमा फेरि काम ठप्प छ । डिजेल व्यवस्था गरिदिन सरकारलाई पटक–पटक गुहारे पनि पाएनौं ।”

लामो समयको ताकेतापछि सरकारले इन्धन व्यवस्था गरिदिने आश्वासन भने दिएको छ । श्रेष्ठका अनुसार इन्धनका लागि आयोजनाले आयल निगमको खातामा पैसासमेत जम्मा गरिसकेको छ । “अहिले सकारात्मक आश्वासन पाएका छौं,” उनले भने, “नपाउँदासम्म यसै भन्न सकिन्न तर अब काम चाँडै सुरु हुन्छ ।”

सरकारले मुलुकलाई १ वर्षमा लोडसेडिङमुक्त गराउने घोषणा गरेको छ । तर, देशकै ठूलो निर्माणाधीन आयोजनाको काम सुचारु गराउन परिणाम निस्कने गरी निर्णय गरेको छैन । आयोजनाले विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय हुँदै आयल निगमसम्म डिजेलका लागि व्यवस्थापन गरिदिन आग्रह गरेको छ ।

भूकम्पअघिसम्म आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ । सिभिलको काम ८० प्रतिशत सकिएको छ । प्रवेशमार्गबाहेक अरु क्षति नभएको आयोजनाको बाँध १७ इन्च भासिएको छ । अमेरिकी विशेषज्ञहरूबाट अध्ययन गराउँदा भूकम्पकै कारण बाँध भासिएको निष्कर्ष निस्किएको आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ