काठमााडौं । बैंक तथा वित्तिय संस्थाको हकप्रद सेयरमा सेयरधनीहरु आकर्षित भएका छैनन् । सेयरधनीहरु हकप्रद सेयरमा आकर्षित नभएपछि बैकहरुले हकप्रद सेयर भर्ने म्याद थप्नुपरेको छ । सेञ्चुरी कमर्सियल बैंकले हकप्रद शेयरका लागि पर्याप्त आवदेन नपरेपछि सुचना प्रकाशित गरेर १५ दिन म्याद थप गरेको छ ।
बैंकले गत कात्तिक १० गतेदेखि मंसिर १४ गते सम्मका लागि २५ प्रतिशत अर्थात प्रति ४ कित्ता बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।
त्यसैगरी केही समय अघि माछापुच्छ्रे बैंकले निष्काशन गरेको २० प्रतिशत हकप्रद शेयरका लागि शेयरधनीले आवेदन नदिए पछि सो बैंकले पनि १० दिन म्याद थप गरेको थियो ।
मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकको पँजी आठ अर्व पर्याउनका लागि निर्देशन दिएपछि बैंकहरुले हकप्रद सेयर निष्कासन गरेर चुक्ता पुँजी आठ अर्व पुर्याउन लागेका हुन् ।
माछापुच्छ्रे बैंकले पनि प्रति ५ कित्ता बराबर १ कित्ताको अनुपातमा २० प्रतिशत अर्थात ५५ लाख ५२ हजार ५ सय ९३ कित्ता हकप्रद शेयर कात्तिक २२ गतेसम्मका लागि निष्काशन गरेको थियो ।
कात्तिक १६ गते नै बैंकले सुचना प्रकाशित गरि मंसिर २ गतेसम्मका लागि म्याद थप गरिएको भन्दै हकप्रदका लागि आवेदन दिन आग्रह गरेको थियो । त्यस पछि मंसिर २ गते पनि बैंकले सुचना प्रकाशित गरि अन्तिम दिन हकप्रद आवेदनका लागि आग्रह गरेको थियो ।
देशमा जारी नाकाबन्दीको प्रभावले लगानीकर्ताहरु निर्धारित समयमा सम्बन्धित स्थानमा पुगेर हकप्रदको आबेदन भर्न कठिनाई भएको कारणले बैंकहरुले हकप्रद भर्ने समय बढाउनु परेको बताईएपनि वास्तवमा हकप्रदसेयर प्रति सेयरधनीहरु आकर्षित नभएका नै हन् । अर्को तर्फ शेयर बजार हाल घट्दो क्रममा रहेकाले पनि लगानीकर्ताले हकप्रद भर्ने तर्फ त्यति चासो नदेखाएको पाईएको छ ।
प्रतिक्रिया