वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विना अनुमति अप्टिकल फाइबर प्रयोग गरेको भन्दै एनसेललाई ५ लाख जरिवाना

अर्थटुडे
२०७२ मंसिर १७, बिहीबार

काठमाडौं । अनुमति विना अप्टिकल फाइबर प्रयोग गरेको नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए) ले एनसेललाई कारबाही गरेको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार एनसेलले अवैधरुपमा दूसञ्चार सेवा सञ्चालन गरेकाले उक्त सेवा तत्काल बन्द गर्न र नियम अनुसार ५ लाख रुपैयाँ जरिवाना तिर्न प्राधिकरणले कम्पनीलाई निर्देशन दिइसकेको छ ।

ncell(10)एनसेलले जिएसएम मोबाइल तथा इन्टरनेट–इमेलका लागि मात्र लाइसेन्स लिएको छ । एनसेलले गैरकानुनीरुपमा ‘वेष्ट क्वालिटी भ्वाइस सर्भिस ‘भिओआइपी’ प्रयोग गर्दै आएको पाइएको प्रवक्ता अर्यालले जानकारी दिए ।

सेसन इनिसेसन प्रोटल (सिप) मार्फत २९ वटा कल सेन्टरलाई दूरसञ्चार सेवा सञ्चालन गर्न दिएकाले दूरसञ्चार प्राधिकरण ऐन, २०५३ को दफा ४७ को ९२० अनुसार कारबाही गरिएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ