वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीतिक गतिसँगै बढ्यो लगानीकर्तामा आश, दोहोरो अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७२ मंसिर १७, बिहीबार

काठमाडौ । सेयर बजार राजनीतिक घटनाक्रमसँगै उतारचढाव भएको छ । विहिबार पनि सेयरबजार ोहोरो अंकले बढेको छ । यसदिन सेयर बजार १०.१६ अंकले बढेर १०७२.९४ अंकमा रोकिएको छ । राजनैतिक वाताबरण सुध्रने आसमा विहिबार सेयर बजार बढेको हो ।

shareयसदिन १०८ कम्पनीको ३६ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लको दिनको तुलनामा कारोबार रकम सात करोड रुपैयाँ बढेको छ ।

यसदिन सबैभन्दा धेरै हिमालयन बैंकको आठ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । त्यस्तै नबिल बैंकको संस्थापक र साधारणगरि ५ करोड रुपैयाँ बढिको कारोबार भएको छ । त्यसैगरी एनएमबी बैंक, नेशनल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया भार्गव विकास बैंक र नेपाल लाइफा इन्स्योरेन्सले पनि करोड बढिको कारोबार गरेका छन् ।

यसदिन कमाउनेहरुमा नेपाल ग्रामीण विकास बैंक अरनिको डेभलपमेन्ट बैंक, सेवा विकास बैंक, निर्धन उत्थान बैंक र मितेरी डेभलपमेन्ट लगायतका कम्पनी रहेका छन् । त्यस्तै गुमाउनेहरुमा सोल्टी होटल, लुम्बिनी फाइनान्स, एनआइडीसि क्यापिटल, बरुण हाइड्रो लगायतका कम्पनी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ