वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अख्तियारको सिफारिसमा लकर बन्दका लागि राष्ट्रबैंकले पठायो २९ जनाको लिष्ट, लिष्टमा अधिकांश पुर्वमन्त्री र सभासद

अर्थटुडे
२०७२ मंसिर २०, आईतवार

काठमाडौं । साझा यातायातका अध्यक्ष कनकमणी दिक्षीतले आइतबार ट्विट मार्फत आफुलाई अख्तियारको पत्र प्राप्त भएको जानकारी दिएका छन् । उनले अख्तियारले कोठा नं ४ सय १६ मा बोलाइएको र आफूलाई उपस्थित हुन उत्सुकता रहेको समेत लेखेका छन् ।nepal rastra bank
साझा यातायातका अध्यक्ष दिक्षीत मात्र हैन अख्तियारले पुर्व अर्थमन्त्री सुरन्द्र पाण्डे पुर्व मन्त्री राजेन्द्र पाण्डे सहित नेपाल राष्ट्र बैंकलाई अनुसन्धानका लागि २९ जना भिआइपीको लकर बन्द गर्न सिफारिस गरेको छ । सोही सिफारिस अनुसार केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थालाई उनीहरुको लकर बन्द गर्न निर्देशन दिएको छ ।

राष्ट्रबैंकले अर्को सूचना नभएसम्मका लागि लकर सुविधा रोक्न भन्दै नामावली पठाएको हो । अख्तियारले २९ जनालाई नै एक साता भित्र बयानका लागि आयोगमा बोलाएको छ ।आयोगले पठाएको पत्रमा धेरै जसो पुर्व सभासद, पुर्व मन्त्रीहरु रहेका छन् ।

आयोगले पठाएको पत्रमा के कारणले बयानमा आउनुपर्ने भन्ने विषय भने खुलाएको छैन । राष्ट्र बैंकलाई पठाइएको पत्रमा पनि किन लकर बन्द गर्ने भन्ने विषय खुलाइएको छैन ।

अख्तियारका कर्मचारीहरुले शुक्रबार राष्ट्र बैंक पुगेर गभर्नरसँग लकर बन्दको लागि लिष्ट बुझाएका थिए । केन्द्रीय बैंकका अधिकारीहरुले बैंकका सीइओलाई आफू र निर्णय कार्यान्वयन गराउने विभागीय प्रमुखलाई मात्र यस बारे जानकारी गराउन भनेका थिए ।

जनाको लिष्ट अख्तियारको सिफारिसमा राष्ट्र बैंकले लकर रोक्न भनेका व्यक्तीहरुको नामावली यहाँ हेर्नुहोस् ।aktiyar

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ