वि.सं. २०८१ माघ २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मंगलबारबाट मोटरसाईकललाई लट अनुसार पेट्रोल

अर्थटुडे
२०७२ मंसिर २०, आईतवार

काठमाडौं । नेपाल आयल निगमले उपत्यकामा मंगलबारदेखि निजी मोटरसाइकललाई पेट्रोल विक्री गर्ने भएको छ । सवारीको लटका आधारमा मंगलबारदेखि दिन बिराएर चार दिन मोटरसाइकल पेट्रोल दिन लागेको हो ।

petrolनिगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार २२ गते मंगलबार १ देखि २५ लटका २४ गते बिहीबार २६ देखि ४० लटका, २६ गते शनिबार ४१ देखि ५५ सम्म र २८ गते सोमबार ५६ देखि माथिका लटका मोटरसाइकललाई तेल दिइनेछ । मोटरसाईकललाई ४ लिटर तेल दिने निगमले जनाएको छ ।

तेल वितरण सहज बनाउन अघिल्लै दिन पम्ममा तेल दिनेछ । उक्त दिन पम्म सिल गरेर राख्ने र भोलिपल्ट विहान ९ बजेदेखि नै तेल बाड्न सुरु गर्ने निगमले जनाएको छ ।

यसअघि निगमले मोटरसाईकल र कारलाई एकैदिन तेल दिएको थियो । त्यसबाट अव्यवस्थित भएपछि छुट्टाछुटै दिन दिन लागेको हो । मोटरसाइकललाई वितरण गरेपछि छुट्टै तालिका बनाएर कारलाई तेल बाँड्ने निर्णय प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

भारतको अघोषित नाकावन्दीका कारण तेल आपुर्ति कम भएपछि निगमले अत्यावश्यक सवारीलाई मात्र तेल उपलब्ध गराउदै आएको छ ।

निगमले तिहारअघि निजी सवारीलाई तेल दिएको थियो ।

यी पम्पमा पाईन्छ मंगलबारबाट तेल

oil-nigam-notice

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ