काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लगानीकर्ताहरुको भावना विपरित १५ प्रतिशत मात्र बोनस सेयर दिएपछि मंगलबार एकैपटक प्रति कित्ता सेयर मूल्य १८३ रुपैयाँले ओर्लेको छ ।
राष्ट्र बैकको निति अनुरुप आठ अर्व रुपैयाँ चुक्ता पुँजी पुर्याउनको लागि करिव ४० प्रतिशतसम्म बोनस सेयर दिन्छ भन्ने हल्लाका कारण केही दिन यता सो बैंकको सेयर मूल्य बढेको थियो ।
सोमबार बैंकले जम्मा १५ प्रतिशत मात्र बोनस सेयर दिने प्रस्ताव गरेपछि बैंकको सेयर मुल्यमा भारी गिरावट आएको हो । यसदिन सवैभन्दा बढी नेपाल लाइफको दुई करोड र एनआइसी एसियाको एक करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्से करिव एक अंकले मात्र घटेको छ । यसदिन ३१ करोड ४१ लाख रुपैयाँ बराबरको चारलाख ७५ हजार बराबरको सेयर काराबोर भएको छ ।
समूहगत परिसुचक मध्ये बैंकिङ र जलविद्युत् घटेको छ भने होटल स्थिर छ । बाँकी सुचक बढेका छन् ।
बैंकिङ ५.१८ अंक र जलविद्यूत् ८.७४ अंकले घटेको छ । सबैभन्दा वढी विकास बैंक १३.२६, बिमा ९.२९ र अन्य ५.८७ अंकले बढेको छ । फाइनान्स सुचक १.५१ अंकले बढेको छ । आज पनि बढी कमाउनेमा लघुवित्त विकास बैंकहरु नै छन् ।
प्रतिक्रिया