वि.सं. २०८१ पुष २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चीन सरकारको सहयोगमा तीन स्थानमा इन्धन भण्डारणस्थल निर्माण गरिने, सो भण्डारस्थल बनेमा ९० दिनलाई इन्धन पुग्ने

अर्थटुडे
२०७२ मंसिर २२, मंगलवार

काठमाडौ । सरकारले देशभरका तीन स्थानमा इन्धन भण्डारणस्थल निर्माण गर्ने भएको छ । तीन स्थानमा छ\छ हजार किलोलिटर क्षमताका पेट्रोल भण्डारणस्थल निर्माण गर्न लागिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । काभ्रेको पाँचखाल, नुवाकोटको त्रिशुली र तनहुँको खैरेनीमा भण्डारण स्थल बनाउन लागेको हो । Singha_durbar
चीन सरकारको सहयोगमा सोही स्थानमा एक\एक हजार किलोलिटर क्षमताको डिजल भण्डारणस्थल पनि निर्माण गरिने भएको छ ।

भण्डारणस्थल निर्माणका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा अर्थ र परराष्ट्र मन्त्रालयले सो प्रस्तावलाई अगाडि बढाइसकेको मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिए । इन्धनको भण्डारणस्थल निर्माणका लागि चीन सरकारसमक्ष प्रस्ताव गरिएको पनि उनले जानकारी दिए ।

हाल मुलकुमा ७१ हजार ५ सय ६९ किलोलिटर पेट्रोल, डिजेल र हवाई इन्धन मात्र भण्डारण हुँदै आएको छ । मट्टीतेल र एलपिजी ग्यास भण्डारणको व्यवस्था भएको छैन ।

भारतको अघोषित नाकाबन्दीका कारण उपभोक्ताले समस्या भोगेपछि भण्डारण क्षमता बढाउने विषयमा अर्थमन्त्री विष्णु पौडेल र वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनबीच पटक–पटक छलफल भएको थियो । नेपाल आयल निगमको थानकोट, त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थल, भैरहवा, पोखरा, नेपागन्ज, विराटनगर लगायतका स्थानमा भण्डारणस्थल रहेको छ ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेले हालको भण्डारण क्षमता बढाएर कम्तीमा ९० दिनलाई पुग्ने भण्डारणस्थल निर्माण गर्न लागिएको जानकारी दिए ।
चीनबाट इन्धन आयात गर्ने सम्बन्धमा त्यहाँको सरकारी कम्पनी पेट्रो चाइना र निगमबीच प्रारम्भिक सम्झौता भइसकेको छ ।

यस्तै व्यापारिकरुपमा इन्धन आयात गर्ने सम्बन्धमा समेत प्रक्रिया अगाडि बढिरहेको छ । निगमको प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा इन्धन आयात गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढिरहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ