वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साउदीसँग अनुदानमा २० किलोलिटर मागियो इन्धन

अर्थटुडे
२०७२ मंसिर २२, मंगलवार

काठमाडौ । भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका कारण देशमा इन्धनको संकट भएको भन्दै सरकारले साउदी अरवसँग अनुदानमा इन्धन उपलब्ध गराउन आग्रह गरेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउदी सरकारलाई अनुदानमा दश\ दश हजार किलोलिटर डिजेल र पेट्रोल उपलब्ध गराइदिन अनुरोध गरेको हो । बाणिज्य तथा आपुर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीका अनुसार परराष्ट्र मन्त्रालय मार्फत साउदी सरकारलाई सो अनुरोध गरिएको हो । सरकारले यसअघि चीनबाट १३ लाख लिटर पेट्रोल अनुदानमा ल्याइसकेको छ । रासस

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ