काठमाडौं । इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकका लगानीकर्तालाई १३.७ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिले बोनस सेयर र कर प्रयोजनका लागि ५६ लाख ६६ हजार ९ सय ५८ रुपैंयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि वितरण हुनेछ ।
८२ करोड ७५ लाख पुँजी रहेको बैंकले गत आर्थिक बर्षमा १० करोड ८६ लाख र चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा भने एक करोड ६१ लाख नाफा कमाएको छ ।
प्रतिक्रिया