काठमाडौं । सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुर वचत तथा ऋण सहकारी संघको आयोजनामा भएको २ दिने सहकारी तालिम भएको छ । वित्तिय कारोबार गर्ने सहकारीहरुमा सुशासन कायम गर्न, संस्थाको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने तालिममा ललितपुर, काठमाडौं, भक्तपुरका गरी ३४ जनाको सहभागीता थियो ।
सहभागीहरुलाई नेपालको सहकारीको इतिहास, सहकारीमा सुशासन, अन्र्तर्राष्ट्रिय संघ संगठनहरु, पल्र्स अनुगमन प्रणाली, कर्जा र व्यवस्थापनका विभिन्न विषयहरु समेटेर तालिम दिइएको आयोजकले जनाएको छ । विभिन्न विषयको १३ वटा कक्षामा समेटिएको तालिममा केन्द्रिय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्याल, डिभिजन सहकारी कार्यालय ललितपुरका पुर्व प्रमुख बद्रि तिवारी, डिभिजन सहकारी कार्यालय ललितपुरका अधिकृत शशीकुमार लम्साल, कुबेर निरौलालगायतले प्रशिक्षण दिएका थिए ।
सहकारीका व्यवस्थापकलाई तालिम
२०७१ असार ९, सोमबार
प्रतिक्रिया