वि.सं. २०८२ बैशाख ३०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुर्योदय लघुवित्त एक करोड २० लाख बराबरको साधारण सेयर आउदै

अर्थटुडे
२०७२ मंसिर २५, शुक्रबार

suryodaya laghubittaकाठमाडौं । सुर्योदय लघुवित्त वित्तीय संस्थाले एक करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता साधारण सेयर निश्कासन गर्ने भएको छ । उक्त सेयर निश्कासनका लागि कम्पनीले विहिबार ग्लोबल आइएमई क्यापिटललाई सेयर निश्कासन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

स्याङ्जाको पुतलीबजारमा मुख्य कार्यालय रहेको संस्थाले नेपाल राष्ट्र बैंकबाट २०७० असार ६ मा ‘घ’ वर्गको वित्तीय संस्थाका रूपमा कारोवार गर्न स्वीकृति प्राप्त गरेको हो । बैंकको कार्यक्षेत्र बाग्लुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्यूठान र रोल्पा जिल्लामा रहेको विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ