वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लमजुङमा ग्लोबल आइएमईको शाखा

अर्थटुडे
२०७२ मंसिर २५, शुक्रबार

Imageकाठमाडौं । ग्लोबल आइएमई बैंकले लमजङको बेसिशहरमा आफ्नो ८९ औँ शाखा बिस्तार गरेको छ । शुक्रबार गर्भनर डा. चिरञ्जीवि नेपालले शाखाको उद्घाटन गरे । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललगायतको उच्च पदाधिकारीको उपस्थिती थियो ।

देशका १४ वटै अञ्चलमा सेवा विस्तार गरेको बैंकले हाल ८९ शाखा, ६ एक्सटेन्सन काउण्टर, १० राजश्व संकलन काउण्टर, ९३ एटिएम, ३९ शाखारहित बैंकिङ सेवाबाट ५ लाख भन्दा बढि ग्राहकलाई सेवा दिईरहेको छ । बैंकले आधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ, इन्टरनेट बैंकिङका साथै अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ