वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विमा समूहको परिसुचक ११९.७५ अंकले बढ्दा नेप्से सकारात्मक

अर्थटुडे
२०७२ मंसिर २८, सोमबार

काठमाडौ । सोमबार थोरै अंकले मात्र सेयर बजार परिसुचक (नेप्से) बढेको छ । यसदिन १.६१ अंकले मात्र बढेको छ । वाणिज्य बैंक समूह र वित्त कम्पनीमा गिरावट आएपनि विमा बीमा समुहमा आएको सुधारले नेप्से सकारात्मक भएको हो ।share loan

यसदिन जलविद्युत ६.०४ होटल, ३.४८, वित्त २.८५ र वाणिज्य बैंक समुह ४.०१ अंकले घटेको छ । यसदिन सवैभन्दा धेरै बीमा समुह ११९.७५ अंकले बृद्धि भएको छ । सोमबार अन्य समुहमा ५.८७ अंकले तथा विकास बैंक समुहमा ०ं ८५ अंकले सुधार आएको छ ।

नेप्सेमा सामान्य सुधार आए पनि कारोबार रकमभने अघिल्लो दिनको तुलनामा झण्डै ११ करोड रुपैंयाले घटेको छ । आइतबार १ सय २९ कम्पनीको शेयर ३४ करोड १० लाख रुपैयाँमा किनबेच भएको थियो । यसदिन १ सय १५ कम्पनीका ४ लाख ४८ हजार कित्ता शेयर २३ करोड ६८ लाख रुपैंया बराबरको किनबेच भएको छ ।

यसदिन कमाउनेहरुमा नेपाल ग्रामिण विकास बैंक, लघुवित्त वित्तीय संस्था, आइएलएफसिओ माइक्रोफाइनान्स र लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेका छन् । भने गुमाउनेहरुमा सिद्धार्थ फाइनान्स, नागबेली लघुवित्त विकास बैंक, एनसीएम क्यापिटल र अरुण फाइनान्स रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ