वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुद्धारा ब्रोकरको काम गर्ने अनुमति दिन राष्ट्र बैंकलाई आग्रह

अर्थटुडे
२०७२ पुष १, बुधबार

काठमाडौं । वाणिज्य बैंकहरुले धितोपत्र दलाल (ब्रोकर) को काम पनि गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पत्र पठाएर आफुहरुलाई धितोपत्र दलालको काम पनि गर्न पाउने व्यवस्था गरिदिन आग्रह गरेका हुन् । नेपाल धितोपत्र बोर्डले समेत राष्ट्र बैंकको स्विकृती आएमा बाणिज्य बैंकहरुलाई सेयर दलालको अनुमति दिने बताएको छ ।

अहिले बोर्डले सेयर दलाल काम गर्नकै लागि दर्ता भएका कम्पनीहरुलाई मात्र अनुमति दिएर कारोबार हुँदै आएको छ ।

अहिले काम गरिरहेका सेयर ब्रोकरहरु काठमाडौंमात्र केन्द्रीत हुँदा नेपालका ठुलो जनसख्या सेयर बजारको परिधिभन्दा बाहिर रहेको उल्लेख गर्दै बैंकरहरुले बजारको दायरा फराकिलो पार्नका लागि समेत आफुहरुलाई अनुमति दिन आग्रह गरेका हुन् ।

बैंकहरुसँग सेवा गाउँ गाउँसम्म विस्तार भएको, प्राविधिक क्षमता समेत रहेकाले उनीहरुलाई ब्रोकरको काम गर्न दिएमा ग्रामीण भेगमा छरिएर रहेको पुँजीलाई संकलन गर्न सकिने पत्रमा दावी गरिएको छ ।

यस्तो छ पत्रको विवरण

letters

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ